चैत तेस्रो साता आहा रारा गोल्डकप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७७ मा प्रकाशित


गोल्डकपको बारेमा जानकारी दिदैं क्लबका पदाधिकारी ।

पोखरा-आहा रारा गोल्डकपको १९ औं सस्करण आगामी चैतको १७ गतेदेखि शुरु हुने मिति तय गरिएको छ । फाईनल २८ गते हुने छ । सहारा क्लबले आन्तरिक तयारीलाई टुग्याउँदै चैतको तेस्रो साता आयोजना गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)सँग मिति मागेको थियो । मागेको मितिलाई एन्फालाई कार्यान्वयन गर्दै क्लबलाई आहा रारा गर्ने स्वीकृति दिएपछि क्लबले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गोल्डकपमा भाग्यमानी दर्शकले मात्रै हेर्ने पाउने छन् । सिट भन्दा आधा दर्शक राखेर प्रतियोगिता सञ्चालन गर्ने निर्णय समेत क्लबले गरेको छ । तर गोल्डकपमा आयोजकले दर्शकलाई भने भौतिक दुरी कायम गरेर बसेको नबसेको हेर्ने चुनौति छ । अन्यथा कोरोना कहरले फेरी पोखरालाई लपट्ने सम्भावना रहन्छ ।

मिति सार्वजनिक गरेपनि गोल्डकपमा आयोजक बाहेक अन्य ए डिभिजनका क्लबको निर्णय भने भईसकेको छैन् । विभागीय टोलीको पनि सहभागिता रहने छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीले प्रतियोगितामा विभागीयसहित ए डिभिजनका क्लबको सहभागिता रहने बताए । विदेशी क्लबको भने सहभागिता रहनेमा शंकास्पद छ । मुख्य प्रायोजन हिमश्री फुड्स प्रा।लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । प्रतियोगिताबाट १ करो ३० लाख १ हजार रुपैँया आम्दानी तथा १ करोड १ लाख ८१ हजार खर्च हुने गरिएको छ ।