महिला लिगः शर्मिलाको ह्याट्रिकमा विराटनगरमाथि आर्मीकाे सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १९ गते २०७७ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जित निकालेकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनकाे पहिलाे खेलमा विराटनगर महानगरपालिकालाइ ७–० ले हराउँदै अार्मीले फराकिलाे जित निकालेकाे हाे ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आर्मी यो तेस्रो जित हो । आर्मीले ५ खेलमा १० अंक जोडेको छ । विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।