
बागमती युवा क्लबको खेलाडी(रातो) र दूधौली स्पोर्टस क्लब सिन्धुलीका खेलाडी बलको लागि संघर्ष गर्दै ।
हेटौंडा-दूधौली स्पोर्टस् क्लब सिन्धुलीलाई २—० ले पराजित गर्दै बागमती युवा क्लब सर्लाही हेटौडा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । सोमबार हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा भएको खेलमा बागमतीका लागि पहिलो र दोस्रो हाफमा एक एक गोल गर्दै जित सुनिश्चित बनाएको थियो ।
विजय युथ क्लब हेटौंडाको आयोजनामा सञ्चालित प्रतियोगितामा बागमतीका फोफोनाले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । बिमल घिसिङले ७४ औं मिनेटमा गोल गर्दै टिमलाई सेमीफाइनल पु¥याएका हुन् । खेलमा सर्लाहीका फोफोना म्यान अफ दी म्याच घोषित भए ।
विजयी हुने बागमती टिमले आयोजक एफसी विजय युथ क्लब हेटौंडासँग सेमीफाइनलमा भिड्नेछ । आइतबार भएको दोस्रो खेलमा आयोजक एफसी विजय युथ क्लब, सर्लाही फुटबल संघलाई २–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपिया“ प्राप्त गर्नेछन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पा“च हजार रुपिया“ प्राप्त गर्नेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…