
शसस्त्र प्रहरीको स्पाईकलाई रोक्ने प्रयास गर्दै गण्डकी प्रदेशका कप्तान हरि पाण्ड ।
पोखरा-शसस्त्र प्रहरी बल(एपीएफ) को चुनौतिलाई सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश टाईगर कप क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ले लियो ।
दोस्रो सेटमा भने शसस्त्रले कडा चुनौति पेश गर्यो । खेल निकै रोचक र प्रतिस्पर्धात्मक बन्न पुग्यो । तर गण्डकीले अन्त्यमा २९–२७ को सेटमा आफनो पक्षमा पार्दै विभागीय टोलीको भलिबलको बर्चस्वलाई तोड्ने लक्ष्यमा अग्रसर बन्यो । तेस्रो सेटमा भने गण्डकीले सुधारिएको खेल देखाउँदै २१–१५ मा लिदैं फाईनल सुरक्षित गर्दा शसस्त्र प्रहरी बल भने उपाधि होडबाट बाहिरिन पुग्यो ।
पहिलो खेलमा नेपाल पुसिल क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिुभवन आर्मीलाई ३–१ सेटले पराजित गरेको थियो । पुलिस शसस्त्र प्रहरी बलसँग पराजित भएको थियो । शसस्त्र प्रहरी बल नेपाल आर्मीसँग पराजित हुन पुगेको थियो । फाईनलमा गण्डकी प्रदेशले अब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीचको विजेतासँग खेल्ने छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…