
गण्डकी प्रदेश टिम
पोखरा-नेपाली भलिबलमा विभागीय बर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले प्रथम टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु कोर्टमा शनिबार त्रिभुवन आर्मी क्लबको चुनौतिलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो बनायो ।
एकसाता मात्रै बन्द प्रशिक्षण गरेर कोर्टमा उत्रिएको गण्डकी प्रदेशले घरेलु कोर्टमा आर्मीको चुनौतिलाई निर्णायक सेटमा आईपुग्दा पन्छाइछाड्यो । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा गण्डकीले आर्मीमाथि जित निकाल्न निकै प्रतिस्पर्धा गर्नुपर्यो । पहिलो सेट २५–२२ मा लिएको गण्डकी प्रदेशले दोस्रो सेट भने आर्मीलाई सुम्पिन पुग्यो । दोस्रो सेट आर्मीलाई २१–२५ ले गुमाउँदै गण्डकीले आमीसँग १–१ सेटको बराबरीमा टुग्याए ।
तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । २४–२१ को सेट प्वाईन्टको स्थितिमा रहेको गण्डकी प्रदेशलाई आर्मीले रोक्दै सेटलाई लम्ब्यायो । अन्तत गण्डकी प्रदेशले ३२–३० को स्थितिमा आफनो पक्षमा पार्दै आर्मीमाथि दबाव बनायो । तर आर्मीले पनि चौथो सेट आफनो पक्षपारेपछि निर्णय अन्तिम सेटसम्म पुग्यो । चौथो सेट २५–२३ ले आर्मीले आफनो पक्षमा पार्दै २–२ को बराबरीको स्थितिमा रह्यो । निर्णायक सेटमा भने गण्डकी प्रदेशले १५–११ ले लिदैं घरेलु कोर्टमा वर्षकै पहिलो उपाधि आफनो नाममा रक्षा गर्यो ।
लिग चरणमा आर्मी गण्डकी प्रदेशसँगै ३–१ को सेटमा पराजित भएको थियो । लिग चरणको हारको बदला लिने योजनासहित कोर्टमा उत्रिएको आर्मी निर्णायक सेटमा आईपुग्दा चुक्न पुग्यो । टाईगर ग्रुपको आयोजनामा प्रथम टाईगर कप क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविन लिगमा खेलाइएको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…