
एजेन्सी, फागुन ५ । घरेलु मैदानमा स्पेनिस क्लब बार्सिलाेना भ्रमणकारी टाेली फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा पराजित भएकाे छ ।
मंगलबार राती भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै भ्रमण सफल पारेकाे हाे । युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा हराएको हो ।
क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर,३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो । ७० औं मिनेटमा मोइस किनले गोल गरेपछि पीएसजीले ३-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो । यस जितसँगै पीएसजीको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । बार्सिलोनालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
दोस्रो लेग खेल पीएसजीको मैदानमा १० मार्चमा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…