
एजेन्सी । एभर्टनलाइ हराएर लिग लिडर म्यानचेस्टर सिटीले १० अंकको अग्रता कायम गरेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा एभर्टनलाई ३–१ ले पराजित गरेर सिटीले अग्रता बढाएको हो ।

अवे मैदानमा भएको खेलमा सिटीलाई जिताउन ३२ औँ मिनेटमा फिल फोडिन, ६३ औँ मिनेटमा रियाद महरेज तथा ७७ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरे । घरेलु टोली एभर्टनका लागि ३७ औँ मिनेटमा रिचार्लिसनले एक गोल फर्काएका थिए ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५६ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र तेस्रो स्थानको लेस्टर सिटीको समान खेलबाट ४६ अंक छ ।

लिग अन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा फुलह्याम र बर्नलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…