
सुपर लिग बारे जानकारी दिदैं एन्फाका अध्यक्ष कर्मा छिरिङ
काठमाडौं-क्रिकेट जस्तै नेपालमा अब फुटबलको पन फेन्चाईज शैलीमा नेपाल सुपर लिग हुने । सुपर लिग आगामी बैंशाख दोस्रो सातादेखि शुरु गरिने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि प्रतियोगिता शुरु हुने छ । क्रिकेट फ्रेन्चाईज लिग जस्तै गरी फुटबलको लागि खेलाडीहरुलाई टोलीमा भित्रयाउने रकमको बोली लगाईने छ ।
काठमाडौंको दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुने छ । एन्फाको प्राविधिक सहयोग रहने छ । सात प्रदेशको सात टोलीले प्रतिस्पर्धा गर्ने छन् । टोलीमा तीन विदेशी खेलाडी राख्न पाईने प्रावधान राखिएको एन्फाका अध्यक्ष कर्मा छिरिङले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…