
किसुनजीहाफ म्याराथनको बारेमा जानकारी दिदैं आयोजक कमिटि ।
काठमाडौं- नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराई ९किसुनजी० को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक एवं केन्द्रीय सदस्य दीपक गुरुङ्गले चैत्र २२ गते प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागिएको जानकारी गराए । समग्र नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको बिज्ञप्तीमा जनाईएको छ ।
प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने संयोजक गुरुङ्गले बताए । करिब ९ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा विजयी शिर्ष तीन खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५/५ हजार प्राप्त गर्नेछन् ।
नव खेलाडीहरु उत्पादन गर्ने उद्धेश्य रहेको तर प्रतियोगितालाई सिनियर प्रतियोगिताको रुपमा किन संचालन गर्न लागिएको भन्ने पत्रकारको जवाफमा संयोजक गुरुङ्गले पहिलो प्रतियोगिता भएकोले नेपाल लोकतान्त्रिक खेलकुद संघलाई प्रचार प्रसार गर्ने र छोटो समयमानै प्रतियोगिताको ब्यवस्थापन गर्न सकिने भएकाले सिनियर प्रतियोगितालाई आयोजना गर्न लागिएको र भविष्यमा जुनियर प्रतियोगितालाई पनि संचालन गर्दै जाने उद्धेश्य रहेको बताए ।
म्याराथन काठमाण्डौ क्षेत्र नं। ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा आएर समापन हुने कार्यक्रममा जानकारी गराईयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन, केन्द्रिय सचिव द्वय मनिष राम जोशी र बखत बहादुर शाही, केन्द्रिय सदस्य राजु बिक्रम थापा, कुमार बस्नेत लगायतको उपस्थिती रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…