
एजेन्सी—अष्ट्रेलियन ओपनको घाईते भई खेल ग्राण्डस्लाम त्यागेका स्पेनी राफाल नाडाल मेक्सिकोको अकापुल्को हार्डकोर्ट टुर्नामेन्टमा फर्किदैै छ । उनको चोट ठीकहुदैं गएकोले हार्डकोर्टमा उनको उपस्थिति हुने सम्भावना बढ्दै गएको छ । उनले स्पेनीस डेविस कपको मुख्य दावेदारीको रुपमा समेत रहने छन् । छैटौं पटक उपाधि जोगाउने अभियानमा रहेका उनी पूर्णरुपमा फिट हुदैै छन् ।
अष्ट्रेलियन ओपनको क्र्वाटरफाईनलमा चोट बोकेपछि परित्याग गरेका थिए । उनको ध्यान अब मोंटे कार्लो माष्टर्स, मड्रिड ओपन, इटालियन ओपन र फ्रेन्च ओपनमा लगाएका छन् । यद्यपी उनी पूर्ण रुपमा फिट हुने आशामा छन् । उनले टेनिस करियरको १६ औं पटक ग्राण्डस्लाम जितिसकेका छन् । ‘मेरो ठूलो लक्ष्य नै क्लेकोर्टमा उत्कृष्ठ खेलाडी बन्नु हो ।’ नाडाल भन्छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…