
‘बी’ डिभिजन लिग
काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गर्दा दिनको दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले टुसाल युथ क्लबालाई हराउँदै जारी लिगमा पहिलो जित निकालेका छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा सातदोबाटोले खुमलटार युथ क्लबलाई ३–२ ले पराजित गर्दा अर्को खेलमा मध्यपुरले टुसाल क्लबलाई २–० ले पराजित गरेर जारी लिगमा पहिलो जित निकालेको हो ।
निकै रोमाञ्चक भएको दिनको पहिलो खेलमा सातदोबाटोको जितमा दार्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक÷एक गोल गर्दा खुमलटारका सविन केसी र आदिल हमिदले एक÷एक गोल फर्काए ।
जित निकालेको सातदोबाटोले ११ औं मिनेटमा दोर्जेको पेनाल्टीबाट अग्रता लिएको थियो । २६औं मिनेटमा खुमलटारका सविनले फ्रिकिकबाट गोल गर्दै खेल १–१ को बराबरी भएको थियो । ४८औं मिनेटमा आदिलले गोल गर्दै अग्रता उल्टाए पनि ६१औं मिनेटमा आशिषले गोल गरेर सातदोबाटोलाई खेलमा फर्काए । त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ७४ औं मिनेटमा भुवनले सातदोबाटोका लागि गोल गर्दै अगाडि बढाए । त्यसपछि खुमलटारले खेलमा फर्किन सकेन र सातदोबाटोले रोमाञ्चक जित निकाल्न सफल भयो ।
जितसँगै सातदोबाटोले सम्पन्न ७ खेलबाट ६ खेलमा जित निकालेको छ । शीर्ष स्थानमा रहेको सातदोबाटो १९ अंक भएको छ । अंक गुमाएको खुमलटारले शीर्ष स्थानको टोलीसँग अंक दुरी घटाउने मौका गुमाएको छ । पराजित खुमलटार समान ७ खेलबाट १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
लिग अन्तर्गत शुक्रबारकै दोस्रो खेलमा मध्यपुरलाई पहिलो स्पष्ट अंक दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले एक÷एक गोल गरे । २३औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई सुरुआती अग्रता दिलाएका थिए । ६०औं मिनेटमा कैलाशले गोल गर्दै टोलीको अग्रता २–० मा पु¥याएका थिए । त्यसपछि खेलमा फर्किन संघर्ष गरेको टुसाल खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र मध्यपुरले जारी लिगमा पहिलो सफलता निकाल्न सफल भयो ।
जित निकालेको मध्यपुरको ७ खेलबाट ४ अंक भएको छ भने पराजित टुसालको ७ खेलबाट ८ अंक छ । ‘बी’ लिगमा शनिबार पनि दुई खेल हुनेछन् । पहिलो खेल पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लब तथा दोस्रो खेल बाँसबारी क्लब र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुने तालिका छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…