
football b division
काठमाडौं- श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएको बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा तेस्रो स्थानमा रहेको बाँसबारी आठौं स्थानको कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिँदा स्थान सुधार गर्ने मौका गुमाएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रतपंक्ति सदुपयोग गर्न चुकेको थियो । सम्हालिएको प्रदर्शन गरेको कुमारीको पनि सोही अवस्था देखिएको थियो । बराबरी पछि बाँसबारीको ७ खेलबाट १५ अंक भएको छ । समान ७ खेलबाट कुमारीको ७ अंक भएको छ । जारी ‘बी’ डिभिजन लिगमा अपराजित सातदोबाटो १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा सात खेलबाट ५ मा जित र २ मा बराबरी खेलेको खुमलटार १६ अंकका तालिकाको दोस्रो स्थानमा छ ।
शनिबारै सम्पन्न लिगकै पहिलो खेलमा पुल्चोकले श्री भगवतीलाई पनि गोल रहित बराबरीमा रोकेको छ । एन्फा मुख्यालयको मैदान सम्पन्न खेलमा भगवतीलाई रोक्दा पुल्चोकले जारी लिगमा दोस्रो बराबरी नतिजा निकालेको हो । पुल्चोकले सम्पन्न ७ खेलबाट कुनै खेलमा पनि स्पष्ट जित निकाल्न सकेको छैन । यस्तै श्री भगवतीले जारी लिगमा तेस्रो बराबरी नतिजा आत्मसात गरेको छ । दुबै टोली जितको लक्ष्य सहित मैदान प्रवेश गरे पनि राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए ।
अंक बाँडेका टोलीद्वय भगवती र पुल्चोकको समान ७ खेलबाट अंक तालिकामा क्रमश ६ र २ अंक भएको छ । भगवती नवौं स्थानमा यथावत रहँदा पुल्चोक तालिकाको पुछारमा रेलिगेशनबाट बँच्न संघर्ष गरिरहेको छ । प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेल ब्वाइज युनिय क्लब र नयाँ बस्ती तथा दोस्रो खेल झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…