
पोखरा(खेलाडी न्युज)— विसन गुरुङको ह्याट्रिक गरेपछि पोखरा लेखनाथ महानगरपालिका बाग्लुङमा सञ्चालित प्रदेश नं ४ स्तरीय मेयरकपको सेमिफाईनल प्रवेश गरेको छ । शुक्रबार बाग्लुङको बाङ्गेचौर खेलमैदानमा भएको अन्तिम क्र्वाटरफाईनलमा कुष्मा नगरपालिका पर्वतलाई ६—० को फराकिलो गोल अन्तरले पराजित गर्दै महानगरपालिका सेमिफाईनल प्रवेश गरेको हो । अब फाईनल प्रवेशको लागि महानगरपालिकाले गोर्खासँग खेल्ने छ ।
पहिलो हाफको २२ औं मिनेटमा महानगरपालिकाले गोलको खाता खोल्यो । विनोद गुरुङको गोलबाट शुरुवात गरेको महानगरपालिकाले पहिलो हाफमा २—०को अवस्थामा टुग्याएको थियो । दोस्रो गोल भने ३१औं मिनेटमा विजय श्रेष्ठले गर्न भ्याए । ओभरल्यापमा गएका डिफेन्स मानबहादुर तामाङको नाममा समेत गोल लेखियो । उनले ६० औं मिनेटमा गोल गरे । खेलको ह्याट्रिक भने दोस्रो हाफमा सम्भव हुन पुग्यो । ६४ औं मिनेटमा विसन गुरुङले व्यक्तिगत पहिलो गोल गर्दा दोस्रो गोल भने ६६ औं मिनेटमा गरे । त्यसपछि अन्तिम गोल भने खेल सकिन एक मिनेट बाँकी छदाँ ७९ औं मिनेटाम गर्दै ह्याट्रिक पुरा पुरा गरेको महानगरपालिकाका प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । प्रतियोगिताका विजेताले रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…