
एजेन्सी, फागुन १८ । स्पेनिस फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेको छ । आर्थिक अपचलन र कर छलीको आशंकामा क्लबका चार जना कर्मचारी पक्राउ समेत परेका छन ।

प्रहरीले आफ्नो छानविन जारी रहेको भन्दै पक्राउ गरिएकाहरुको परिचय खुलाएको छैन । तर स्पेनिस मिडियाले क्लबका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि पक्राउ परेका दावी गरेका छन ।

बार्सिलोनाले गत आइतवार मात्रै क्लबको नयाँ अध्यक्षको निर्वाचन गरेको थियो । सोमवार प्रहरीले कार्यालयमा छापा मारेर धरपकड गरेको बताईएको छ ।

गत वर्ष बार्सागेट प्रकरणमा बार्सिलोनाले आफ्नै खेलाडीहरुलाई सामाजिक संजालमा आलोचना गर्न एउटा निजि फर्मलाई करारमा राखेको खुलाशा भएको थियो ।

तर क्लबले आधिकारिक रुपमा भने यो खबरको खण्डन गरेको थियो । विवाद बढ्दै गएपछि गत अक्टोबरमा क्लबका अध्यक्ष बार्तोमेउले पदबाट राजिनामा घोषणा गरेका थिए । बार्सिलोना फुटबल क्लबले प्रहरीको जारी छानविनमा पूर्णरुपले सहयोग गर्न बताएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…