
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक गरेको छ ।
क्याले मंगलबार विज्ञप्पती जारी गरेर प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि जारी गरेको तालिका अनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएप क्लबबीच उद्घाटन खेल हुने भएको छ । सोही दिन नेपाल पुलिस क्लबर बागमती प्रदेशबीच मूलपानी क्रिकेट मैदानमा पनि हुनेछ ।
फागुन २२ बाट २९ गते सम्म हुने प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ । एक टिम काठमाडौं मेयर–११ रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश पाउनेछन् ।
प्रतियोगिता आयोजनाको लागि यस अघि नै क्यानले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराउने जनाएको छ । दुई किस्तामा काठमाडौं महानगरपालिकाले रकम प्रदान गर्ने प्रतिबद्धता जनाइसकेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…