
एजेन्सी—चार वर्षअघि डोपिङ टेष्टमा असफल भएका ३९ जना रसियाका खेलाडीमाथि लगाईएको आजीवन प्रतिबन्ध हटाएको छ । सन २०१४ को शीतकालिन ओलम्पिकमा एथलेटिकका खेलाडी माथि डोपिङ परीक्षणको क्रममा असफल भएपछि विश्व खेल अदालतले ती खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
समाचार एजेन्सी सिन्हुआको अनुसार २८ जना खेलाडीको प्रतिबन्ध फुकुवा गरिएको हो । लुसानस्थित न्यायलयले (सिएएस) हिजो बिहीबार २८ खेलाडीलाई आजीवन प्रतिबन्ध फुकुवा गरिदिएको जनाएको छ । अदालतले खेलाडीहरुको बारेमा संकलन गरिएको सबुतप्रमाण पर्याप्त नभएको भन्दै खेलाडीहरुको अपिललाई समेत सम्बोधन गर्दै फुकुवा गरेको हो । उनीहरुमाथि अन्तराष्ट्रिय ओलम्पिक कमिटि(आईओसी)ले आरोप लगाउँदै प्रतिबन्ध लगाएको हो । बाँकी ११ जना खेलाडीको पनि प्रतिबन्ध फुकुवा गरिएको छ तर उनीहरुलाई भने दक्षिण कोरियाको पियोङचाङमा हुने शीतकालिन खेलकुदमा समेत सहभागिता पाउने छैनन् । ९ फेब्रुअरीदेखि २५ फेब्रुअरीसम्म गेम हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…