
मुआथाईबारे जानकारी दिँदै आयोजक ।
पोखरा-आगामी चैत अन्तिम साता पोखरामा मुआथाईको अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । पोखरामा पहिलो पटक आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा अन्तराष्ट्रिय मुआथाई महासंघका प्रतिनिधि एवं प्रशिक्षकहरुको उपस्थिति रहने छ । अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालका मुआथाई खेलाडी तथा अफिसियललाई निर्णायक एवं रेफ्री कोर्ष बारे प्रशिक्षण दिने नेपाल मुआथाई संघका केन्द्रीय महासचिव सुदिप पण्डितले जानकारी दिए । उनका अनुसार सेमिनारमा प्रशिक्षण दिन थाईल्याण्डबाट मुआथाईका अन्तर्राष्ट्रिय निर्णायकहरु आउने छन् ।
सेमिनारसँगै पोखरामै राष्ट्रिय मुआथाई च्याम्पियनसिप हुने छ । आगामी चैत २४ गतेदेखि ३१ गतेसम्म हुने सेमिनारमै च्याम्पियनसिपको आयोजना गरिने छ । नेपालमा मुआथाई संघको प्राविधिक सहयोग तथा कास्की जिल्ला मुआथाई संघको व्यवस्थापमा सेमिनार तथा च्याम्पियनसिप हुने छ । नेपालमा २१ जिल्लामा मुआथाई संघ छन् ।
मुआथाई च्याम्पियनसिपमा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल मुआथाई संघका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए । ‘४५ केजीदेखि ९१केजी तौलसम्म विभिन्न ७ वटा तौलमा प्रतिस्पर्धा गराईने छ,’ उनले भने ।
च्याम्पियनसिप र सेमिनारको लागि ४० लाख खर्च हुने अनुमान गरिएको छ ।
सेमिनार र च्याम्पियनसिपमा सहभागि खेलाडी तथा अफिसियलबाट लिईने शुल्क लगायत अन्य विभिन्न निकायसँग सहयोग जुटाईने मुआथाई संघका केन्द्रीय कोषाध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार तथा स्थानीय निकायसँग सहयोग जुटाईने उनले बताए । मुआथाई संघ कास्कीका अध्यक्ष प्रदीप पहारीले मुआथाई खेल माध्यमबाट युवापुस्तालाई खेलकुदमा प्रेरित गर्ने अभियानमा सबैले सहयोगी भूमिका खेल्नुपर्नेमा जोडदिए ।
पोखरामा मुआथाई खेल भित्रिएको झण्डै डेढ दशक वित्यो । डेढदशक अघि प्रशिक्षण गोदारले थाईल्याण्डबाट प्रशिक्षण गरेर फर्किएपछि शुरुभएको थियो । पोखरामा पोखरा रंगशाला, बब जिम एण्ड मुआथाई क्लब लेकसाईड, रामबजार स्थित मेटल जिम एण्ड मुआथाई क्लब, पृथ्वीनारायण क्याम्पस, लेखनाथको पचभैयामा मुआथाई प्रशिक्षण हुदैं आएको छ । त्यसबाहेक गण्डकी प्रदेशको स्याङजाको फेदीखोला, बाग्लुङ, म्याग्दी र तनहुँमा समेत मुआथाईका क्लबहरु स्थापित भई प्रशिक्षण हुदैं आएको मुख्य प्रशिक्षक दिपकबहादुर गोदारले सुनाए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…