
अन्तर्राष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुबल क्यामरुन र सर्लाही बागमती
हेटौंडा-हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार अन्तर्राष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुबल क्यामरुनले सर्लाहीकोे बागमतीलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । बागमतीलाई २–१ गोलअन्तरले हराउँदै अफ्रिकन क्यामरुन सेमीफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको २५ औं मिनेटमा बागमतीका लागि विदेशी खेलाडी स्टेफेन समिरले पहिलो गोल गरेका थिए । तर, ८९ औं मिनेटमा अफ्रिकन क्यामरुनका बास्सेकले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।
९२ औं मिनेटमा अफ्रिकन क्यामरुनका लुइसले गोल गर्दै टिमलाई जित दिलाए । खेलको पहिलो हाफको २५ औं मिनेटमा बागमतीका तर्फबाट पहिलो गोल गरिए पनि अग्रता कायम राख्न नसक्दा क्यामरुनसँग बागमती पराजित हुनुप¥यो । खेलमा अफ्रिकन क्यामरुनका मौस्सा म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपियाँ हात पारे । विजयी हुने टिम सेमीफाइनलमा बिहीबार नेपाल आर्मी क्लबसँग भिड्नेछ ।
आइतबार हेटौंडाको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको खेलमा २–१ गोलले एपीएफलाई हराउँदै बागमती प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको थियो भने शनिबारको खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई हराउँदै प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको थियो ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना जारी प्रतियोगिता विजेता टोलीले ट्रफीसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफीसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाइक हात पार्नेछन् । विधागत उत्कृट हुने खेलाडी ट्रफीसहित नगद २५ हजार प्राप्त गर्नेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…