
अमरलाल र इभानालाई स्वर्ण
काठमाडौं-काठमाडौं महानगरपालिका २५ का अमरलाल मल्ल र ललितपुर महानगरपालिका १२ की इभाना थापाले भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अमर पुरुष तथा इभाना महिला सिंगल्समा पहिलो भए । दुवै स्पर्धामा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने प्रावधान थिएन ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अमरले विराटनगर ३ का बोधित डिसीलाई ११–५, १२–१०, ११–७, ६–११, १–११ र १३–११ को सेटमा पराजित गरे । धरान २ का महावीर जैशवाल र भक्तपुर ५ का राजीव चिकन्बन्जर संयुक्त रुपमा तेश्रो भए ।
भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजनमा स्पिन इभेन्ट प्रा।लि। द्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा इभानाले सिलिचोङ गाउँपालिका ४ की वियन्का राईलाई ८–११, ११–९, ११–७, १२–१० र १२–१० को सेटमा हराइन् । काठमाडौं २ की सुभश्री श्रेष्ठ र भक्तपुर ५ की दिया देउला तेश्रो भए । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पर्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा विराटनगर ३ समग्रमा टिम च्याम्पियन बन्यो । २ स्वर्ण र २ रजत जितेको विराटनगर ३ ले आकर्षक रनिङ शिल्डसहित ५० हजार नगद पुरस्कार हात पा¥यो ।विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको पुरुष ४० वर्षमाथि भेट्रान सिंगल्समा विराटनगर ३ का राजेश भट्टराई पहिलो र विकेन थापा दोश्रो तथा काठमाडौं ३२ का नरेश रावल र बूढानीलकण्ठ १२ का कपुर शर्मा पौडेल तेश्रो स्थानमा रहे ।
स्पर्धाको ५५ वर्षमाथि धरान १२ का राजन सुब्बाले स्वर्ण, ललितपुर १६ का प्रकाश धाक्वाले रजत तथा काठमाडौं ३१ का विनयकुमार सिंह र ललितपुर ११ का सरदमान श्रेष्ठले कांस्य जिते । दुवै उमेरसमूहका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाए ।
पुरुष टिम इभेन्टमा विराटनगर ३ पहिलो, धरान ९ दोश्रो तथा ललितपुर १९ र धरान १२ तेश्रो बने । महिला टिममा भक्तपुर ५ पहिलो, भक्तपुर २ दोश्रो तथा काठमाडौं २ र ललितपुर १२ तेश्रो स्थानमा रहे । विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…