
अन्तर्गत र्कििर्गस्तान विरुद्ध बल नियन्त्रणको प्रयास गर्दै नेपाली खेलाडी ।
पोखरा-त्रिदेशीय नेशन कप अन्तर्गत बिहीबार नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको छ । घरेलु मैदानमा छ वर्षपछि अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्रिएको नेपालले गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यदपी नेपालले फाईनल प्रवेशको लागि आगामी शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । बंगलादेशसँग बराबरी नै नेपाल फाईनल प्रवेशको लागि पर्याप्त हुने छ । नेपाल बंगलादेशसँग १ भन्दा बढी गोल खाएको अवस्थामा किर्गिस्तान फाईनल प्रवेश गर्ने छ ।

दश खेलाडीमा समेटिएको किर्गिस्तानसँग नेपालले गोल गर्ने प्रयास अन्तिम समयसम्म सफल हुन सकेन् । दोस्रो हाफमा किर्गिस्तानका कप्तान के.तासिभले दोहोरो पहेलों कार्ड(रातो) पाउँदै मैदान छाडेपछि नेपालले खास गोल निकाल्दै दबाव दिन भने सकेन् । पहिलो हाफमा अन्जन विष्टको प्रहारलाई किर्गिस्तानको गोलकिपरको हातमा छुदाँ बल सेकेण्डबारमा लागेर फर्किएको थियो ।

एकपछि अर्को मुभ बनाएको नेपालले गोलको खडेरी तोड्न भने सकेन् । अनन्त तामाङमा हेडर पनि बाहिरिएको थियो । अन्तिम समयमा रवि पासवानको क्लोज हेडिङ पनि किर्गिस्तानका गोलकिपरकै हातमा पुगेको थियो । किर्गिस्तानले आज दोस्रो रोजाईको गोलकिपरलाई मैदानमा उतारेको थियो । घरेलु मैदानमा दर्शकको उत्साहजनक सहभागिता रहेपनि नेपालले जित निकाल्न नसक्दा निराश भएका थिए ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…