
शतक हिर्काएपछि गोविन्द विक ।
पोखरा-पोखरामा आयोजित यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिजमा कास्की रातो र निलोले बराबरीमा टुंगिएको छ । कास्की रातोले दोस्रो दिन दोस्रो इनिङ शुरु गर्दै २५ ओभरमा ४ विकेटको क्षतिमा १३८ रन बनाएपछि सिरिज बराबरीमै टुंगिएको थियो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित टेष्ट सिरिजमा कास्की निलोले पहिलो दिनको इनिङमा १७२ रन बनाउने क्रममा सबै विकेट गुमाएपछि कास्की रातोले आफनो व्याटिङ शुरु गरेको थियो । १०३ रनबाट खेल्न थालेको रातोले दोस्रो दिन १७७ रनमा सबै विकेट गुमाएको थियो । पहिलो इनिङमा निलो ५ रनले पछि परेको अवस्थाबाट आफनो दोस्रो इनिङ शुरु गरेको थियो ।
बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा दोस्रो इनिङमा कास्की निलोले ७ विकेटको क्षतिमा १७६ रन बनाउँदै आफनो इनिङको समाप्तीको घोषणा गरेको थियो ।
कास्की निलोका लागि सोहेल कुँवरले ४४ रनको योगदान दिएका थिए । निरन्जन यादवले ३५ र किरण पौडेलले ३० रन बनाए । १७२ रनको लक्ष्य पछ्याएको कास्की रातोले ४ विकेटको क्षतिमा २५ ओभरमा १३८ रन बनाएपछि खेल बराबरीमा टुंगिएको थियो । कास्की रातोको लागि गोविन्द विकले पहिलो इनिङमा नटआउट शतकीय पारी खेलेका थिए । उनले दोस्रो इनिङमा समेत ६३ रनको महत्वपूर्ण नटआउट इनिङ खेले । उनको उत्कृष्ट व्याटिङमा दुईदिवसीय टेष्ट सिरिज बराबरीमा टुंगिएको हो ।
पोखरा क्रिकेट क्लबको प्रायोजन तथा कास्की क्रिकेट क्लबको व्यवस्थापनमा आयोजित प्रतियोगितामा तीन टोली टेष्ट सिरिजमा प्रतिस्पर्धा गर्ने छन् । टेष्ट सिरिजमा कास्कीसहित नवलपुर, बाग्लुङ, तनहुँ र स्याङजाबाट खेलाडी छनोट गरी टोलीमा समावेश गरिएको छ । प्रशिक्षक रिजन प्रजुका अनुसार टेष्ट सिरिजले क्रिकेट विकासमा नयाँ टेवा पुग्ने छ । शुक्रबार कास्की हरियो र रातो बीच पहिलो दिनको खेल शुरु हुने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…