
एजेन्सी, चैत २८ । डेफेन्डिङ च्याम्पियन मुम्बई इन्डिय शुक्रबारबाट भारतमा सञ्चालन भएको इन्डियन प्रिमियर लिग (आईपिएल) को उद्घाटन खेलमा पराजित भएको छ ।
विराट कोहलीको कप्तानीमा मैदान उत्रिएको रोयल च्यालेन्जर्स बैंग्लोरसँग मुम्बई दुई विकेटले पराजित भएको हो ।
चेन्नेईमा मुम्बईले दिएक १ स य ६० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो ।
ओपनर वासिंटन सुन्दर १० रनमा आउट हुँदा रजत पडिदारपनि ब्यक्तिगत आठ रनमा पेभेलियन फर्किएपछि बैंग्लोरले ४६ रनमा दुई विकेट गुमाउन पुगेको थियो । ।
तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । कोहली ३३ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल ३८ रन तथा सहबाज अहमद र डान क्रिस्टियन एक एक रनमा पेभेलियन फर्किए ।
बलिङमा मुम्बईका लागि जसप्रित बुम्राह र मार्को जानसिनले दुई्दु/ई विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतीमा एक सय ५९ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले १९ रन बनाए भने यो सिजनमा मुम्बईबाट डेब्यु गरेका क्रिस लिनले ४९ रन बनाए । उनले ३५ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।
यस्तै सुर्यकुमार यादवले ३१ रन बनाउँदा हार्दिक पाण्ड्याले १३ रन बनाए । इशान किसनले २८ रन बनाउँदा पोलार्ड र कुर्नाल पाण्डेले समान ७ रन बनाए ।
मार्को ज्यानशन र राहुल चहारले कुनै रन बनाउन सकेनन् । जशप्रित ब्रुम्।राहले नटआउट १ रन बनाए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…