पोखरा थण्डर्स पोखरा रंगशालामा प्रशिक्षणमा व्यस्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ४ गते २०७८ मा प्रकाशित


पोखरा थण्डर्स पोखरा रंगशालामा प्रशिक्षणमा गर्दै

पोखरा-नेपाली फुटबलमा गर्जन ल्याउने योजना छ । नाम जस्तै फुटबलमा आफनो गर्जने तयारीमा छ पोखरा थण्डर्स । ५ पोखरेली खेलाडीलाई अनुबन्धन गर्दै फ्रेन्चाईज फुटबलको तयारीमा जुटेको छ । पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको छ ।

नेपालमै पहिलो पटक फुटबलको फ्रेन्चाईज लिगमा उपाधि उचाल्ने योजनासहित पोखरा थण्डर्ससहित डेढसाता पोखरा रंगशालामै प्रशिक्षण गर्ने छ । तीन अफ्रिकन खेलाडी छन् । स्वदेशी र विदेशी खेलाडीको कम्बिनेशनले उपाधि उचाल्ने लक्ष्य पोखरा थण्डर्सको छ ।

‘हिजोदेखि ट्रेनिङ शुरु गर्यौं । अझै पोखरा रंगशालामा एकसाता अर्थात २० तारिखसम्म टे«निङ गर्छौ ।’ पोखरा थण्डर्सका टिम निर्देशक जाम्लिङ घलेले भने–‘विहान र बेलुकी दुई समय प्रशिक्षण गर्दै आएका छौं ।’ पहिलो दिन भने पोखरा थण्डर्स टोलीले सहारा एकेडेमीस्थित मैदानमा प्रशिक्षण गरेको थियो ।

पोखराको टोली पोखरामै आएर प्रशिक्षण गरेको हो । फ्रेन्चाईज फुटबलले मोफसल एवं विशेष गरी पोखराको फुटबलमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । नेपाली फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, मनबहादुर तामाङ, भिषन गुरुङ, अजित भण्डारी र दिप कार्की(गोलकिपर) पोखरा थण्डर्समा आवद्ध छन् ।

उनीहरुसँगै अन्य ए डिभिजनका क्लबहरुका खेलाडीहरु छन् । ती बाहेक नेपालमा नकाउट फुटबल खेल्न आईपुगेको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनका तीन सदस्यलाई समेत पोखरा थण्डर्सले आफनो टोलीमा समावेश गरिसकेको छ । क्यामरुनी सदस्यमा मोउसा, रिम र के.यान्निक रहेका छन् । तीन अफ्रिकन खेलाडीले नेपाल नकाउट फुटबल प्रतियोगितामा आफनो छाप छोडिसकेका छन् । अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा बैशाख १० गतेदेखि विभिन्न ६ शहरका फ्रेन्चाईज टोलीको नेपाल सुपर लिग शुरु हुदैं छ ।