
मुम्बई, बैशाख ५ । सनराइजर्स हैदरावादमाथि १३ रनको जित निकाल्दै मुम्बई इन्डियन्सले भारतमा जारी इन्यिन प्रिमियर लिग (आईपिएल) मा शनिबार दोस्रो जित निकालेको छ ।
चेन्नेईको रंगशालामा भएको खेलमा मुम्बईले सनराइजर्सलाई १९.४ ओभरमा रोकेर १३ रनको जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा सनराईजर्सले सबै विकेट गुमाएर मात्र १ सय १७ रन जोड्न सक्यो ।
जवाफी ब्याटिङ गरेको सनराईजर्सका लागि ओपनरद्वय डेभिड वार्नर जोनी बेरिस्टोले ६७ रनको साझेदारी गरे पनि बाँकी ब्याट्सम्यानले सुरुआती लयलाई सम्हाल्न सकेनन् । कप्तान वार्नरले ३६ तथा बेरिस्टोले ४३ रनको पारी खेलेका थिए । विजयी शंकरले २८ तथा विराट सिंहले ११ रनको व्यक्तिग स्कोर बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
सनराइजर्सलाई सस्तैमा समेट्ने क्रममा मुम्बईका बलर राहुल चाहर र ट्रेन्ट बोल्डको नाममा तीन÷तीन विकेट रह्यो । यस्तै जसप्रित बुमरा र कुर्नाल पाण्ड्याले एक÷एक विकेट निकाले ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।
मुम्बईका लागि ओपनर क्विन्टन डिककले सर्वाधिक ४० रनको पारी खेल्दा केइरन पोलार्डले ३५ रनमा अविजित रहे । पोलार्ड म्यान अफ दि म्याच पनि घोषित भएका थिए । कप्तान रोहित शर्माले ३२ रन जोड्दा इसान किसनको नाममा १२ र सुर्यकुमार यादवको नाममा १० रन रह्यो ।
मुम्बईको ५ विकेट निकाल्नका लागि सनराईजर्सका बलर विजयी शंकर राना र मुजिव उर रहमानको नाममा २÷२ विकेट रह्यो । खालिल अहम्मदले एक विकेट आफ्नो नाममा लेखाए ।
जितपछि मुम्बईले तीन खेलबाट दुई खेलमा जित निकाल्दै तालिकामा शीर्षता कायम राखेको छ । दुई खेलबाट ४ अंक जोडेको मुम्बई तालिकाको पहिलो स्थानमा अटाउँदा पराजित सनराईजर्सले लगातारका तीन खेलमा नतिजा सुम्पिएर खाता खोल्न सकेको छैन ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…