
नेपाल विरुद्ध विकेट लिएपछि नेदरल्याण्डका खेलाडीहरु खुशी साट्दै ।
पोखरा-१८ औं र १९ औं ओभरमा ३९ रन खर्चिएपछि नेपालले नेदरल्याण्ड विरुद्धको दोस्रो खेल सम्भावित जितबाट टाढिदैं तीन विकेटले पराजित हुन पुगेको छ । १८ औं ओभरमा सन्दीप लामिछानेले २० रन खर्र्चिए । त्यही ओभरमा एक विकेट लिए । १९ औं ओभरमा अभिनास बोहोराले पनि एक विकेट लिदैं १९ रन खर्चिए । जुन नेपालको लागि निकै महंगो सावित हुन पुग्यो । नेदरल्याण्डले तीन बल बाँकी छदाँ नेपालले दिएको २०७ रनको लक्ष्यलाई ७ विकेटको क्षतिमा पुरा गर्दै पहिलो दिनको हारको बदला समेत लिएको छ ।
शुरुदेखि नै आक्रामक व्याटिङमा उत्रिएको नेदरल्याण्डलाई जितसम्म डोहोर्याउन बस डे लिडेले अविजित ८१ रन खेले । ओपनिङमा आएका उनले अन्तिम ओभरमा करण केसीलाई दुई चौका प्रहार गर्दै जितको हकदार बनाए । उनले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै जित निकाल्दै नेपालमाथि ३ विकेटको जित दर्ता गरे । नेदरल्याण्डका लागि बेन कुपरले पनि अर्धशतीय पारी खेल्दै उत्कृष्ट प्रदर्शन देखाए । उनले ५५ रन बनाए । ३५ बलमा १० चौका उनको व्याटबाट निस्कियो । पिटर सिलरले ३१ रनको योगदान दिए । नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चिएर ४ विकेट लिए । करण केसी, कुशल मल्ल र अभिनास बोहोराको नाममा पनि एक एक विकेट लेखियो ।
तीन देश बीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड विरुद्ध पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । मंगलबार नेदरल्याण्डसँगको दोस्रो खेलमा ६२ रनको पारी खेल्दै उत्कृष्ट ओपनर व्याट्सम्यानको पुष्टि गरेका छन् । भुर्तेलले उपकप्तान दिपेन्द्रसिंह ऐरीसँग ७८ रनको साझेदारी निभाउँदै महत्वपूर्ण इनिङ्ग खेले ।
भुर्तेलले आफना ओपनर जोडी आशिफ शेखसँग भने मंगलबार शतकीय साझेदारी गर्नुबाट चुके । शेख शून्य रनमै पभेलियन फर्किएपछि भुर्तेलले तेस्रो विकेटको रुपमा क्रिज छिरेका ऐरीसँग साझेदारी निभाए । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भएपछि भुर्तेल र ऐरीले नेपालको इनिङ्ग सम्हालेका थिए । भुर्तेलले ६२ रनको पारी खेल्ने क्रममा ४६ बलको सामना गरे । ८ चौका र १ छक्का हिकाए । भिभिन किङ्गमाले बस डि लिडेको हातबाट क्याच गराएपछि भुर्तेलले क्रिज छाडे । ऐरीसँग साझेदारी टुट्नु अघि दुवैले शतकीय पारी खेल्ने सम्भावना देखाएका थिए । ऐरीले ६० रन बनाए । ३० बल खेल्ने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे । उनी पनि पिटर सिलरको बलमा टोवियास भिसेको हातबाट क्याच हुन पुगे ।
कुशल मल्ल १८ रनमा आउट भए । विनोद भण्डारी र सोमपाल कामीको जोडी नटआउट रहँदै क्रमश ७ र र २१ रन बनाए । नेदरल्याण्डका पिटर भिभियनले समान दुई/दुई विकेट लिए । नेपालले टस जितेर व्याटिङ गर्ने क्रममा छ विकेटको क्षतिमा २०६ रन बनाएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…