
एजेन्सी । तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड गएराति लेस्टरसँग २–१ पराजित भएपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको प्रिमियर लिग उपाधि पक्का भएको छ ।

तालिकाको तेस्रो स्थानमा उक्लिएको लेस्टरले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेपछि सिटीले तीन वटा खेल बाँकी छदैं उपाधि पक्का गरेको हो ।

शीर्ष स्थानमा रहेको सिटीको ८० अंक रहेको छ भने पराजित भएको म्यानचेस्टर युनाइटेडको ७० अंक रहेको छ । अब बाँकी रहेका तीन खेलमा सिटी पराजित भए पनि र युनाइटेडले तीन वटै खेल जिते पनि एक अंकले अघि रहँदै सिटीले प्रिमियर लिगको उपाधि उचाल्ने समिकरण रहेको छ । सिटी चार वर्षको अन्तरमा तेस्रो पटक च्याम्पियन पनि बन्न सफल भयो ।

म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा सन १९९८ पछि पहिलोपटक युनाइटेडलाई पराजित गरेको लिसेस्टरले च्याम्प्यिन्स लिगमा स्थान पनि बनाएको छ । ६६ अंकसहित लिसेस्टर तेस्रो स्थानमा उक्लिएको छ ।

सिटीले इंग्लिस फुटबलको शीर्ष डिभिजनको उपाधि जितेको यो समग्रमा सातौंपटक भने पछिल्लो ९ वर्षमा पाँच पटक जित्न सफल भएको छ । ५० वर्षिय प्रशिक्षक ग्वार्डिओलाले सन २०१६ मा सिटीको जिम्मेबारी संहालेयता ८ घरेलु उपाधि जितेका छन । सिटीले गत शनिबार नै घरेलु मैदानमा उपाधि जित्ने अवसर पाएको थियो । तर त्यस खेलमा चेल्सीसँग २–१ ले पराजित भएपछि उपाधि उचाल्ने समिकरण धकेलिएको थियो ।

यस्तै प्रिमियर लिगको उपाधि ओल्ड ट्राफोडमा निर्णायक भएको यो छैटौं पटक हो । सिटीले दुई साताको बीचमा दुई उपाधि जितेको छ । यसअघि सिटीले टोटनह्यामलाई हराएर लिग कपको उपाधि जितेको थियो । मे २९ मा सिटीले चेल्सीसँग च्याम्पियन्स लिग फाइनल खेल्दैछ ।

सन २००८ को सेप्टेम्बरमा आबुधावी समूहले सिटीको स्वामित्व किने पछि क्लबले १२ उपाधि जितेको छ । सिटीले मे २३ मा एभर्टनसँग हुने लिगको अन्तिम खेल पछि प्रिमियर लिग उपाधि उचाल्नेछ । त्यस खेलमा १० हजार समर्थकले प्रवेश पाउनेछन ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…