एटलेटिको जितमा स्वारेजको निर्णायक गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३ गते २०७८ मा प्रकाशित


निर्णायक गोल गरेपछि स्वारेज ।

एजेन्सी-खेल सकिन अन्तिम आठ मिनेटमा नाटकीय रुपमा दुई गोल गर्दै एटलेटिको मड्रिडले स्पेनिस ला लिगा उपाधिको सम्भावना प्रबल बनाएको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मड्रिडले ओसासुनालाई २-१ ले पराजित गर्दै उपाधि सम्भावना बलियो बनाएको हो ।

अन्टे बुडिमिरले ७५ औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाउँदै मड्रिडमाथि दबाव शुरु गर्यो । तर खेलमा फर्किने कोशिसमा जुटेको मड्रिडले ८२ औं मिनेटमा रेनन लोडीको गोलसँगै मड्रिड खेलमा फर्कियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा लुईस स्वारेज भने निर्णायक बने । उनको गोलसँगै मड्रिडले स्पेनिस ला लिगाको उपाधिको हकदारको नजिक पुगेको छ । चीरप्रतिद्धन्द्धी रियल मड्रिडलाई २ अंकले पछि पारेको छ । अन्तिम खेल बाँकी छ । स्वारेजले ८८ औं मिनेटमा गोल गर्दै जित पक्का बनाउँदा बार्सिलोना भने उपाधि प्रतिस्पर्धाबाट टाढिएको छ ।