उपाधि निर्णायक खेलको प्रतिक्षा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ८ गते २०७८ मा प्रकाशित


एजेन्सी-स्पेनिस ला लिगको उपाधि छिनो फानो आज मध्यरातमा हुदैं छ । एट्लेटिको मड्रिड र रियल मड्रिड उपाधिको लागि फरक प्रतिस्पर्धीसँग खेल्दै छन् । हार दुवै टोलीलाई क्षम्य हुदैन् ।

रियल मड्रिडले भिल्ला रियलसँग घरेलु मैदानमा नेपाली समय अनुसार पौन १० बजे खेल्ने छ । भिल्ला रियल युरोपा लिगको लागि स्थान बनाउन रियललाई जित्नै पर्ने छ । रियल भने ला लिगा जित्न भिल्लारियललाई पराजित गरेर ३ अंक जोड्दै उपाधि आफनो नाममा लेखाउन चाहन्छ । भिल्ला रियल ७ औं स्थानमा छ । जितसँगै अर्को वर्ष युरोपा खेल्न पाउने छ । हारले त्यो अवसरबाट बञ्चित हुने छ ।

एट्लेटिको मड्रिडले पनि रियल भालाडोलिडसँग उपाधि प्रतिस्पर्धाको लागि अन्तिम खेल खेल्दै छ । बराबरीले उपाधि पर्याप्त नहुन सक्छ । त्यसैले एट्लेटिका मड्रिडलाई पनि जित नै अत्याश्यक छ । भाडाडोलिड भने एट्लेटिकोलाई पराजित गर्दै रेलिगेशनबाट मुक्त हुन चाहन्छ । शीर्षस्थानको एट्लेटिकोले १९ स्थानको रियल भाडाडोलिडसँग खेल्ने उपाधि आफनो नाममा लेखाउन चाहन्छ ।