एट्लेटिकोलाई स्पेनिस ला लिगा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ९ गते २०७८ मा प्रकाशित


एजेन्सी-दोस्रो हाफमा उत्कृष्ट पुनरामन गर्दै एट्लेटिको मड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि उचालेको छ । अन्तिम तथा निर्णायक खेलमा लुईस स्वारेजको गोलमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई दुई अंकले पछि पार्दै उपाधि आफनो पोल्टामा पारेको थियो । एक समय एट्लेटिको मड्रिडले पछि परेको अवस्थामा उपाधि रियलको नाममा लेखिने सम्भावना देखिएको थियो । यद्यपी दोस्रो हाफमा पुनरागमन गरेको एट्लेटिकोले उपाधि जित्दै ११ पटक ला लिगा आफनो नाममा लेखायो ।

यस अघि एट्लेटिकोले २०१३-१४ मा मात्रै ला लिगाको उपाधि जितेको थियो । ७ वर्षपछि उपाधि उचाल्ने क्रममा एट्लेटिकोले रियल भालाडोलिडलाई २-१ गोलले पराजित गरेको थियो । हारसँगै रियल भालाडोलिड रेलिगेशनमा परेको छ ।

१८ औं मिनेटमा ओस्कार प्लानोको गोलबाट रियल भालाडोलिडले अग्रता लिएको थियो । अग्रतालाई पहिलो हाफसम्म जोगाउन भालाडोलिड सफल रह्यो । तर ५७ औं मिनेटमा एट्लेटिको मड्रिड खेलमा फर्कियो । उपाधि उचाल्ने योजना र रणनीति बुनेको एट्लेटिकोलागि एन्जेल कोरेयाले गोल गर्दै बराबरीमा ल्याए । त्यसको १० मिनेटपछि सेन्टर लाईनमा रहेका स्वारेजले डिफेन्डर विट भईसकेको अवस्थामा वान भर्सेज वानको अवस्थामा गोल गर्दै उपाधि पक्का बनाए । उनले ६७ औं मिनेटमा गरेको गोलले उपाधि उचाल्न पर्याप्त बन्यो ।