
एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडलाई हराउँदै स्पेनिस क्लब भिल्लारियालले युरोपा लिगको उपाधि उचालेको छ ।

सडेन डेथमा युनाइटेडलाई ११–१० ले स्तब्ध बनाउँदै भिल्लारियालले उपाधि उचालेको हो । रोमाञ्चक जित निकालेको भिल्लारियालले क्लबको इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि उचाल्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरित्त समय तिर धकेलिएको खेलमा कुनै गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा दुवै टोलीका सुरुवाती १०–१० प्रहार गोलमा परिणता भएका थिए । त्यसपछि गोलकिपरले सडन डेथमा प्रहार गर्नुपरेको थियो । एघारौं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले आफैं गोल गरेर त्यसपछि युनाइटेडका डेविड डे हेयाको प्रहार बचाएपछि भिल्लारियाल उपाधिकको हकदार भएको हो ।

यस अघि भिल्ला रियालले २९ औं मिनेटमा जेरार्ड मोरेनोको गोलमा सुरुआती अग्रता बुनेको थियो । पहिलो हाफमा पछि परेको युनाईटेडले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै खेलमा फर्किन सफल भएको थियो । ५५ औं मिनेटमा एडिन्सन काभानीले बराबरी गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए ।

यस सँगै युनाईटेड पछिल्लो चार वर्ष उपाधि नजिक पुगेर पनि उपविजेतामा खुम्चिनु प¥यो भने पहिलो पटक युरोपा लिगको उपाधि जितेको भिल्ला रियालले उपाधिको खडेरी तोड्न सफल भएको छ ।



कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…