
एजेन्सी । १६ औं संस्करणको युरोकप फुटवलमा स्लोभाकिया विजयी सुरुवात गर्दा स्पेन स्विडेनसँग बरावरीमा रोकिएको छ ।

स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी प्रतियाेगितामा सुखद सुरुवात गरेको छ ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो । तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।

६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।त्यसपछि खेलको ६९ औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २-१ को जित दिलाए ।

उता स्पेनले भने स्विडेनसँग बराबरी खेल्दै अंक बाडेको छ । घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । प्रतियोगितामा आज दुई खेल हुँदै छन् । पहिलो खेल राति ९ः४५ मा हंगेरी र पोर्चुगल तथा मध्यराती फ्रान्स र जर्मनीबीच खेल हुँदै छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…