
एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार राति सम्पन्न खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ खेलको अघिल्लो चरणमा प्रवेश गरेको छ ।

समूह ’सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टाेली हाे । यसअघि बेल्जियम र इटाली नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।

घरेलु मैदानमा सम्पन्न खेलको ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पाएको पेनाल्टीको अवसरमा डिपेले सहजै गोल ग रे।

खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जल डम्फ्रिइजले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए । नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो । पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको अष्ट्रिया ३ अंकका साथ समूहको तेस्रो स्थानमा रहेको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…