
महानगरपालिका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जिसी
पोखरा-पोखरा महानगरपालिकाले आगामी वर्षदेखि उत्कृष्ट खेलाडीलाई ‘महानगर वर्ष खेलाडी’बाट सम्मान गर्ने छ । पोखरा महानगरपालिकाको नवौं नगरसभालाई सम्बोधन गर्दै महानगरपाकिलाका मेयर मानबहादुर जिसीले महानग वर्ष खेलाडी सम्मान गर्ने घोषणा गरेका हुन् । बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जिसीले खेलकुद र खेलाडीको प्रवद्र्धन र प्रोत्साहित गर्न वर्ष खेलाडी सम्मान गर्ने उल्लेख गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । गण्डकी प्रदेशको राजधानी पोखरामा ३५ मध्ये अधिकांश खेल आयोजना गरिने छ । विभिन्न ११ जिल्लामा समेत खेलकुद प्रतियोगिता आयोजना गरिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत लक्षित गर्दै महानगरपालिकाले आफनो नीति तथा कार्यक्रममा वर्ष खेलाडी सम्मानलाई समेटेको हो ।
खेलकुदलाई प्रभावकारी बनाउन महानगरपालिकाले गत जेठमा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दिपकबहादुर गोदारलाई नियुक्त गरिसकेको छ । दुई दिन अघि मात्रै महानगरपालिकाले खेलकुद सदस्य सचिवमा सुवास खड्कलाई नियुक्त गर्ने कार्यपालिकको बैठकबाट निर्णय भईसकेको छ । यसले पनि महानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रभावकारी बनाउन खोजेको भान हुन्छ । ‘महानगर वर्ष खेलाडी सममनले खेल, खेलाडी र खेलकुदलाई प्रोत्साहित गरेको अनुभूति भएको छ ।’ पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने ।
महानगरपालिकाले आफनो नीति तथा कार्यक्रममै वडास्तरमा खेलकुद प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ । महानगरपालिकाले पदक जित्ने खेललाई विशेष प्राथमिकतामा राखेर प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउँदै आएको छ । ‘पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्न नेपाल सरकार प्रदेश सरकारको सहकार्यमा अन्तराष्ट्रि,राष्ट्रिय र स्थानीय खेल पूर्वाधार निर्माण गर्ने र भएका पूर्वाधारलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिईने छ ।’ मेयर जिसीले बताए । विद्यालयमा खेल मैदान निर्माणलाई प्रोत्साहन गर्ने जनाएको छ । सरकारले पनि एक स्थानीय तह एक खेल मैदानको नीति लिएको छ । विद्यालयस्तरमा महानगरस्तरीय मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने समेत उल्लेख छ ।
एक वडा एक खेल मैदान अन्तर्गत २९ स्थानमा ब्याडमिन्टन र भलिबल कोर्ट निर्माण गरिसकिएको महानगरपालिकाले जनाएको छ । पोखरा २० मौजामा महानगरकै उचाईको खेल मैदान निर्माण कार्य शुरु भईसकेको छ । त्यसको लागि महानगरपालिकाले चालु आवमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । वडा नं. १३ मा सेभेन ए साइड फुटबल मैदान निर्माणको काम अगाडि बढाइएको छ । सेभेन ए साईड फुटबल मैदानलाई पनि महागनरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…