
कोरोना विरुद्धको खोप लगाँउदै । तस्बिर फाईल ।
पोखरा-कोभिड-१९ को दोस्रो लहरले सबैतिर आक्रान्त पारिरहेकै बेला राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपाल खेलकुद महासंघको पहलमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सुवास श्रेष्ठको संयोजकत्वमा खेलाडीलाई भेरोसेल खोप लगाईएको हो ।

झण्डै वर्षदिनदेखि खेलकुद क्षेत्र ठप्पै छ । खेलकुदलाई चलायमान बनाई खेल र खेलाडीलाई शारीरिक अभ्यासको लागि खोप दिइएको परिषदका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । सदस्य श्रेष्ठका अनुसार बन्द प्रशिक्षणमा रहेको नेपाली महिला भलिबल टोलीका सदस्यहरु, आगामी महिना जापानको टोकियोमा हुने ओलम्पिकमा सहभागि हुने खेलाडी तथा अफिसियलसहित खेलकुदका पदाधिकारी एवं कर्मचारीलाई लगाइएको थियो ।
महासंघले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कोरोना विरुद्धको खोप दिनुपर्ने आवाज उठेको थियो । खोप विना खेलाडी खेल मैदानमा उत्रिन सम्भव नभएकोले खेलकुद क्षेत्रलाई चलायमान बनाउन खोप अभियान शुरु गरिएको हो । खोपसँगै खेलाडीमा नयाँ उत्साह थपिएको छ ।

गण्डकी खेलकुुद परिषदले पनि सागमा पदक विजेता तथा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी तथा अफिसियललाई खोप दिनुपर्ने आवाज उठाएका थिए । यद्यपी गण्डकी प्रदेशमा भने खेलाडीलाई खोप लगाउने विषयमा भने केवल चर्चामा मात्रै सीमित छ । कोरोनाकै कारण एक दर्जन खेलाडी तथा प्रशिक्षक एवं अफिसियलले ज्यान गुमाईसकेका छन् । खेल क्षेत्र समेत कोरोनाले प्रताडित भएको अवस्थामा खोपले राहत दिएको सदस्य श्रेष्ठले बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…