
काठमाडौं । न्युरोड टिम (एनआरटी)ले असोज ३ गतेबाट हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि शनिबार दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

एनआरटीले राजधानीमा एक कार्यक्रम गरी फरक ढाँचाको लिगका लागि अनुबन्ध गरेको हो । क्लबले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको हो । क्लबले दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको हो । सम्झौता भएसँगै खेलाडीद्वयले एनआरटीको जर्सीमा ‘ए’ डिभिजन लिग खेल्नेछन् । दुबैले टोलीलाई उपाधि दिलाउनका लागि प्रयास गर्ने बताए ।

नयाँ ढाँचाको लिग भनिएको ‘ए’ डिभिजन लिग यो संस्करण सुरुआतमा सिंगल राउन्डका खेल हुनेछन् । त्यसपछि दोस्रो राउन्डमा शीर्ष आठमा परेका टोलीले उपाधिका लागि पुन लिग खेल्ने प्राब्धान अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छ । यसै कारण फरक ढाँचा भनिएको लिगका लागि एनआरटीले पुराना खेलाडीलाई समेटेर प्रशिक्षण दिइरहेको क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले जानकारी दिए । यस्तै शनिबारकै कार्यक्रममा एनआरटीले अघिल्लो संस्करणमा पनि प्रशिक्षण गरेका राजु काजी शाक्यलाई क्बलले निरन्तरता दिने जनाएको छ ।

प्रशिक्षक राजुकाजी शाक्यले नयाँ विदेशी खेलाडीको अनुबन्धले टोलीमा हौसला मिलेको प्रतिक्रिया दिए । शाक्यले एनआरटी उपाधि उचाल्ने लक्ष्यका साथ आउँदा संस्करणको लिगमा प्रतिस्पर्धा गर्ने बताए ।

एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने प्राब्धान अन्तर्गत दुई खेलाडीलाई अनुबन्ध गरेको हो । नयाँ संस्करणका लिगका लागि क्लबले पुराना खेलाडीलाई निरन्तरता दिँने बताएको छ । नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनको सहयोगमा काठमाडौं रेजर्सले उपाधि उचालेको थियो । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीन विभागीय टोली सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा ‘बी’ डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजन हुने छैन ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…