
काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत आज (शुक्रबार) नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।
ओलम्पिक स्टेडियमको ट्रयाकमा सरस्वतीले महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।
सरस्वतीको प्रतिस्पर्धा नेपाली समय अनुसार बिहान ५ बजेर ५२ मिनेटमा सुरु हुनेछ ।
सरस्वती दोस्रो हिटमा रहेकी छिन् । उनको हिटमा ९ खेलाडी रहेकी छिन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन् ।
सरस्वती राष्ट्रिय कीर्तिमान बनाउने योजनामा रहेकी छिन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड हो ।
यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२.२० सकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
टोकियो ओलम्पिक्समा नेपालबाट पाँच खेलाडी सहभागी भएका छन् । जसमा चार जनाको प्रतिस्पर्धा सकिसकेको छ ।
टोकियो ओलम्पिकमा सरस्वती नेपालको अन्तिम प्रतिस्पर्धी हुन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…