सरस्वती पहिलो चरणबाटै बाहिरिइन्, नेपालको ओलम्पिक प्रतिस्पर्धा समाप्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १५ गते २०७८ मा प्रकाशित


काठमाडाैं । एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन ।

महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन । ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२.९१ सेकेन्डमा पूरा गरिन ।

दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहँदा अन्तिमबाट दोस्रो रहिन । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन्न। यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड रहेको छ ।

सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ । टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन । पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान रचेका थिए ।