
एजेन्सी । बुर्नाे फर्नान्डेजको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाईटेडमाथि ५–१ को फराकिलो जित निकाल्दै प्रिमियर लिगमा सुखद सुुरुआत गरेको छ ।

ओल्ड ट्राफोर्डमा पाहुना टोली लिड्समाथि रबाफिलो जित निकाल्दै म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा विजयी यात्रा आराम्भ गरेको हो । युनाइटेडलाई फराकिलो जित दिलाउनका लागि पाउल पोग्बाको खेल उत्कृष्ट खेल रह्यो ।

लिड्सविरुद्ध फराकिलो जित निकाल्दा पोग्बा एक्लैले चार गोलका एसिस्ट गरे । ब्रुनो फर्नान्डेजसले ह्याट्रिकबाट प्रिमियर लिगको सुरुआत गरेका छन् । यस्तै मासन ग्रीनउड र फ्रेडले एक/एक गोल आफ्नो नाममा लेखाउँदा लिड्सका लुक आयलिङले एक गोल फर्काएर अन्तर घटाउने प्रयास गरेका थिए ।

युनाईटेडको मैदानमा ३० औं मिनेटमा पाउल पोग्बाको पासमा ब्रुनोले गोल टोलीको खाता खोलेका थिए । ४८ औं मिनेटमा लुकले गोल गर्दै लिड्सलाई १–१ को बराबरीमा फर्काउँदा पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा भने युनाईटडे आक्रामक रुपमा प्रस्तुत ग¥यो । खेलको ५२ औं मिनेटमा पोग्बाको पासमा ग्रीनउडले टोलीका लागि दोस्रो गोल थप्दा ५४ औं मिनेटमा ब्रुनोले पोग्बाकै पासमा व्यक्तिगत दोस्रो तथा ६० औं मिनेटमा भिक्टर लेन्डीलोफको पासमा ब्रुनोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यस सँगै ब्रुनो यस सिजन ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् । त्यसपछि खेलको ६८ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ५–१ को सानदार जित दिलाए । फ्रेडले पनि पोग्बाको पासमा गोल गरेका हुन ।

जितसँगै युनाईटेडले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोड्दै प्रिमियर लिग तालिकाको शीर्ष उभ्याएको छ । लिड्सले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…