
काठमाडौं । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले जारी गरेको महिला फुटबलको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
अगस्ट महिनाका लागि फिफाले जारी गरेको तालिका अनुसार नेपालको वरियता एक स्थान खस्किँदा समग्रमा १००औं बाट १ सय १औं स्थानमा पुगेको हो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औं स्थानमा रहेको छ । एसियाली राष्ट्र मध्येबाट उत्तर कोरिया सबै भन्दा माथि नवौं स्थानमा रहेको छ । अस्ट्रेलिया ११औं, जापान १३औं, चीन १७औं, दक्षिण कोरिया १८औं स्थानमा अटाएका छन् ।
यस्तै दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ । भारत यथास्थानमा रहेको हो । दक्षिण एसियामा नेपाल भन्दा तल १ सय ३७औं स्थानमा बंगलादेश, १ सय ४३औं स्थानमा श्रीलंका तथा १ सय ४४औं स्थानमा माल्दिभ्स अटाएका छन् ।
विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत रहँदा, स्विडेन दोस्रो स्थानमा उक्लिएको छ । जर्मनी तेस्रो स्थानमा झर्दा नेदरल्यान्ड्स चौंथो स्थानमा यथावत रहेको छ । यस्तै फ्रान्स पाँचौ स्थानमा रहँदा क्यानडा छैठौं, ब्राजिल सातौं तथा इङ्ल्यान्ड आठौं स्थानमा रहेका छन् । एसियाली राष्ट्र उत्तर कोरिया नवौं र स्पेन १० औं स्थानमा अटाएका छन् ।
फिफाले अघिल्ला महिना भएको केही अन्तर्राष्ट्रिय खेलमा प्राप्त गरेको नतिजा र अंकका आधारमा अगस्ट महिनाका लागि नयाँ वरियता सार्वजनिक गरेको हो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…