
काठमाडौं । टोकियो पारालम्पिक–२०२० अन्तर्गत तेक्वान्दो तर्फको प्रतिस्पर्धामा नेपालकी पलेशा गोवद्र्धन पदकबाट चुकेकी छिन् ।
रेपेचेजतर्फको फाइनल खेलमा पलेशा चीनकी युजी लीसँग १२–९ ले पराजित भएपछि पदक जित्न चुकेकी हुन् । मात्र तीन स्कोरले पछि परेकी पलेशला ओलम्पिकमा ऐतिहासिक पदक जित्ने लक्ष्यमा अधुरै रह्यो । उक्त खेलमा सुखद नतिजा निकालेको भए पलेशाले कास्य पदक हात पार्ने थिइन ।

कास्य पदक भिडन्तमा चीनकी लीसँग पलेशा पहिलो राउन्डमा ४–२ को अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा लीले ५–० को जित निकाल्दा समग्रमा लीले ७–४ अग्रता सुम्पिएकी थिइन ।
तेस्रो चरणचको खेलमा ९–९ को बराबरीमा पुगेपनि समग्रमा समय सिमा भित्र १२–९ को नतिजा निक्लिएपछि नेपालकी पलेशाको पदक यात्रा समाप्त भएको थियो ।

त्यसअघि महिला के ४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग १८–८ ले पराजित भएकी थिइन ।
रेपेचेजतर्फ पलेशाले क्वाटरफाइनलमा अमेरिकी खेलाडीलाई ब्रायना सालिनारोलाई १०–० ले पराजित गरेपछि सेमिफाइनलमा प्रवेश गरेकी थिइन । सेमिफाइनलमा सर्बियाकी मिसेभलाई २३–१५ ले हराउँदै पदक भिडन्तमा स्थान पक्का गरेकी थिइन ।
पारालम्पिक स्पर्धामा नेपालका कुनैपनि खेलाडीले कास्य पदक सम्मको भिडन्तमा पुगेका छैनन् । जित हासिल गरेको भए यो ऐतिहासिक हुने थियो ।
ओलम्पिकमा सहभागिता जनाउनका लागि ६ सदस्यीय टोली भदौ ४ गते जापान पुगेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…