
काठडमाडौं । क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमा दुई गोल गरे पछि इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाईटेडलाई ४–१ ले हराएको छ ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै बु्रनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५६ औं मिनेटमा जाभियरले गोल गर्दै न्युकासललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ६२ औं मिनेटमा लुक शको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडको अग्रता २–१ मा पु¥याएका थिए । खेलको ८० औं मिनेटमा पाउल पोग्बाको पासमा फर्नान्डेजले गोल गर्दा युनाईटेड ३–१ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा लिंगार्डले गोल गर्दै युनाईटेडलाई ४–१ को जित दिलाए ।

जाडोन सान्चोको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले पोग्बाको पासमा गोल गरेका हुन । जितसँगै युनाईटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाईटेडले ४ खेलमा १० अंक जोडेको छ । न्युकासल १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्र्तगत शनिबारकै अर्को खेलमा आर्सनलले नर्विच सिटी, ब्रेन्टफोर्डले ब्राइटन, म्यानचेस्टर सिटीले लेस्टरसिटीलाई समान १–० ले पराजित गर्दा वार्टफोर्ड उल्भरह्याम्पटनसँग २–० ले पराजित भयो । यस्तै साउथह्याम्पटन र वेस्टह्याम युनाईटेडले गोल रहित बराबरी खेल्दै अंक बाँडे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…