
काठमाडौं । एएफसी एसियन कप छनोट–२०२२ को मिसनमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले छनोट खेल नेपालका लागि क्षमता देखाउने अवसरको भएको बताएका छन् ।

प्रतियोगिता अघिको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक फिलिप्सले छनोट खेल महिला फुटबलको प्रवद्र्धनका लागि मात्र नभएर आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा रहेको बताएका हुन ।

‘नेपाली महिला फुटबल टोलीका लागि छनोट खेल ठूलो मौका हो । महिला फुटबल प्रवद्र्धनका लागि मात्र हैन आफ्नो खेल र क्षमता देखाउने अवसर पनि हो,’ मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले भने, ‘केही नयाँ र युवा खेलाडीको संयोजनले टोलीमा उर्जा छ । हामी राम्रो खेल प्रर्दशन गर्नेमा विश्वस्त छौं ।’

नेपाल यति बेल छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानमा रहेको छ । छनोट अन्तर्गत समूह एफ मा रहेको समूहमा बलियो टोली फिलिपिन्स र हङकङ रहेका छन् । प्रतियोगिताका लागि नेपालले नेपालमा बंगलादेशसंग दुई मैत्रीपूर्ण फुटबल खेलेको थियो । नेपालले असोज २ मा फिलिपिन्ससंग खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ दोस्रो खेले असोज ५ मा हङकङ प्रतिस्पर्धा गर्ने तालिका छ ।

समूहको शीर्ष टोली आउँदो वर्ष भारतमा हुने एसियन कप खेल्ने अवसर पाउनेछ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…