
पोखरा-राष्ट्रिय ए डिभिजन फुटसल लिगमा बिहीबार दुई घरेलु टोलीले जित निकाल्दै आफुलाई उपाधि यात्रामा बलियो देखाएका छन् । तीन गोलले पछि परेको अवस्थालाई दोस्रो हाफमा उल्ट्याउँदै स्पोर्टस क्यासलले ढुकु फुटसल हबलाई निकै प्रतिस्पर्धात्मक रुपमा पराजित गर्दै जित निकाल्यो । उपाधिको दाबेदार मानिएको ढुकु फुटसल हबलाई पन्छाउन स्पोर्टस क्लासलले दोस्रो हाफसम्म धेर्यता देखायो । २० औं मिनेटमा विक्रान्तले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को अग्रता दिलाए । निकै दबाबमा परेको क्यासलले दोस्रो हाफमा भने उत्कृष्ट खेल पस्किदैं जितको हकदार बन्यो ।
क्यासलका लागि योगेश गुरुङले २२ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा फर्किने लय देखायो । २७ औं मिनेटमा खिमराज गुरुङले गोल गर्दै अग्रता घटाए । त्यसतै २९ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए । ३२ औं मिनेटमा खिमराजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३६ औं मिनेटमा दिपेश घलेले गोल गर्दै जित सुनििश्चित गरे ।
घरेलु टोली सविन मेमोरियल र स्पोट्र्स क्यासलले आ–आफ्नो खेलमा जित हात पारेका छन् । घरेलुटोली सविन मेमोरियलले मछिन्द्र स्काइ गोल्सलाई ३–२ ले हराउँदै दोस्रो जित हात पारेको छ । सविनको जितमा अभिनाष तामाङ नायक बने । खेलको दोस्रो मिनेटमै उनले गोल गरे । तर, त्यो खुसी क्षणिकमात्रै रह्यो । दोस्रो मिनेटमै मछिन्द्रले पनि गोल गर्दै खेल बराबरी गरे । खेलको १३ औं मिनेटमा वरदान ताङवे लामाले गोल गर्दै सविनलाई पुनः अग्रता दिलाए । यस्तै खेलको २२ औं मिनेटमा अभिनाषले व्यक्तिगत तेस्रो गोल गरे । उता मछिन्द्रका आशिषले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता घटाउने काम गरेपनि जित हातपार्न भने सकेन । फुटसल ५ धरान र लुम्बिनी फुटसलबिचको खेल भने बराबरीमै रोकिएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेल गोल रहित बराबरीमा रोकिएपछि अंक बाड्न बाध्य भएका हुन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…