
काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । ब्रेन्टफोर्डको मैदानमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो । २७ औं मिनेटमा इथान पिन्नोकले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता निकालेका थिए । ३१ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए । ५४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । यससँगै सलाहले लिभरपुलका लागि १०० औं प्रिमियर लिग गोल समेत पूरा गरेका छन ।

६३ औं मिनेटमा भिटाली जनेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई २–२ को बराबरीमा ल्याए । ६७ औं मिनेटमा कुर्टिस जोन्सले गोल थप्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए । तर, खेलको ८२ औं मिनेटमा योएनी विसाले गोल गर्दै ब्रेटफोर्डलाई ३–३ गोलको बराबरीमा फर्काए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै लिभरपुलले ६ खेलमा १४ अंक जोडेको छ । लिभरपुल शीर्ष स्थानमा रहेको छ । ब्रेन्टफोर्ड ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रिमियर लिग फुटबल अन्र्तगत शनिबारकै अर्को खेलमा एभर्टनले नर्विच सिटीलाई २–० ले हराउँदा लिड्स युनाईटेड वेस्ट ह्याम युनाईटेडसँग घरेलु मैदानमा २–१ स्तब्ध भयो । यस्तै लेस्टर सिटी र बर्नलीले २–२ र वार्टफोर्ड र न्युक्यासल युनाईटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…