
काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ ।

गएराति आर्सनलको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मीथ रोवे, पिएरे एमरिक औबामायङ्ग र बकायो साकाले एक एक गोल गरे ।

पराजित टोली टोटनह्यामका ह्युङ मिन सनले एक गोल फर्काए । जितपछि आर्सनल ६ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ ।

लिगमा सुरुवाती तीन खेल हारेको आर्सनलले त्यसपछि भने लगातार तीन खेल जितेको छ । उता सुरुवाती तीन खेलमा जित हात पारेको टोटनह्याम हट्सपरले भने यसपछिका तीन खेलमा लगातार हार भोगेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनलाई उसैको मैदानमा १–० ले हराएको छ । खेलमा वुल्भरह्याम्पटनका राउल जिमिनेजले निर्णायक गोल गरे ।

इंग्लीश प्रिमियर लिगमा छैटौं चरणका खेलहरु सकिंदा १४ अंकसहित लिभरपुल शिर्ष स्थानमा रहेको छ । १३–१३ अंक जोडेका म्यान्चेस्टर सिटी, चेल्सी, म्यान्चेस्टर युनाइटेड र एभर्टन दोस्रो देखि पाँचाैं स्थानसम्म रहेका छन् ।



पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…