
काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई मंगलबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पराजित गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीमाथि २–० को जित निकालेको हो । पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।

घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिटीले केही राम्रो अवसर सिर्जना गरे पनि पिएसजीका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै विफल पारेका थिए । पहिलो हाफमा लिएको अग्रताका कारण उच्च मनोबलका साथ खेलेको पिएसजीले ७४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित निश्चित गराएका थिए ।

यस गोलसँगै मेस्सी पीएसजीका लागि पहिलो गोल पनि गरेका छन् मेस्सी यसै सिजन बार्सिलोनाबाट पीएसजी आएका हुन । यस जितसँगै समूह ए को पीएसजीले २ खेलमा ४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा क्लब ब्रुगले आरबी लाइपजिगलाई २–१ ले हराएको छ । ब्रुग ४ अंक जोडेर दोस्रो र लाइपजिग अंक विहीन रहदै पुछारमा छ ।

मंगलबार राति अवे मैदानमा भएको खेलमा समूह बी मा रहेको लिभरपुलले एफसी पोर्टोलाई ५–१ ले पराजित गरेको हो ।
लिभरपुलको जितमा मोहम्मद सालहले १८ र ६० औँ मिनेटमा गोल गरे । यस्तै ४५ औँ मिनेटमा साडिओ मानेले गोल गरेका हुन् ।
सालहले जस्तै रोबर्टो फिरमिनोले पनि दुई गोल गरे । उनले ७७ र ८१ औँ मिनेटमा गोल गरेका हुन् । पोर्टोका लागि तारेमीले ७४ औँ मिनेटमा एक गोल गरे ।

समूह बी अन्तर्गत नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले एसी मिलानलाई २–१ ले पराजित गरेको छ । लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने चार अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।
च्याम्पियन्स लिग अन्तर्गत समूह डी मा रहेको रियल मड्रिड मंगलबार राति भएको खेलमा शरिफ तिरास्पोलसँग २–१ ले पराजित भएको हो ।
२५ औँ मिनेटमा याख्शिबोएभले गोल गरी शरिफलाई अग्रता दिलाए ।
६५ औँ मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले रियल मड्रिडका लागि बराबरी गोल गरे । तर ८९ औँ मिनेटमा सेबास्टियन थिलले शरिफका लागि विजयी गोल गरेका हुन् ।

१३ पटक उपाधि जितेको रियल मड्रिड पहिलोपटक च्याम्पियन्स लिगमा सहभागी भएको शरिफसँग पराजित भएको हो । लगातार दुई जित निकालेको शरिफ ६ अंकसहित शीर्ष स्थानमा छ ।
तीन अंकसहित रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । सोही समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेलेका छन् ।
मंगलबार राति भएका अरु खेलमा अजाक्सले बेसिक्टासलाई २–० तथा बोरुसिढा डर्टमण्डले स्पोर्टिङ्गलाई १–० ले पराजित गरेको छ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…