
काठमाडौं । एएफसी यु– २३ एसियन कप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल बलियो टिम इरानसँग ४–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको थियो ।

इरानको जितमा होसेनले दुई गोल गरे । मेहदी र यासिनले एक एक गोल गरे । मेहदीले ४६ औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा होसेनले गोल गर्दै टिमको अग्रता २–० को बनाए । खेलको ७९ औं मिनेटमा होसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इरानलाई ३–० को अग्रता दिलाए । इन्जुरी समयमा कप्तान यासिनले गोल गर्दै इरानलाई ४–० को जित दिलाए ।
जितसँगै समूह बी को इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।
११ समूहका समूह विजेता र उत्कृष्ट चार उपविजेता टोली उज्वेकिस्तानमा हुने २०२२ को जुन १ देखि १९ सम्म हुने प्रतियोगिताका लागि छनोट हुनेछन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…