
काठमाडौं । अष्ट्रेलियाले आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट २०२१ को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा न्युजिल्यान्डलाई ८ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले पहिलोपटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि चुमेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो ।

अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ७७ रनको योगदान दिए । ५० बलको समना गरेका उनी अविजित रहे । त्यस्तै, ओपनर डेविड वार्नले अर्धशतक प्रहार गरे । उनी ५१ रनमा आउट भए । ग्लेन म्याक्विेलले २८ रन जोडे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्डले २ विकेटले लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएइको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान दिए । त्यस्तै, ओपनर मार्टिन गुप्टिलले २८ रन, ग्लेन फिलिप्सले १८ रन,जिमी निशमले १३ रन तथा ओपनर डर्याल मिचेल ११ रनमा क्याच आउट भए । अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ विकेट लिए भने स्पिनर एडम जाम्पाले १ विकेट लिए ।

योसँगै दोस्रोपटक फाइनलमा पुगेको अष्ट्रेलियाले पहिलोपटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको छ । यसअघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेपनि इंग्ल्याण्डसँग पराजय भोगेको थियो । न्युजिल्यान्ड भने पहिलोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेपनि उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…