खेल पर्यटन प्रवद्र्धनमा मन्त्री बरालको जोड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएको भन्दै खेल पर्यटनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिप हेर्न पुगेका अर्थमन्त्री बरालले निजी क्षेत्र विना खेल र पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न नसकिने स्पष्ट पारे । मन्त्री बरालले सरकारको थोरै पुँजीलाई उचित ढंगले सदुपयोग गरी निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

मन्त्री बराल समक्ष प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष बिनोद कायस्थ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, पर्यटन व्यवसायी गोपी बहादुर भट्टराई लगायतले रंगशालामा विभिन्न खेलकुद गतिविधि संचालन गर्नुपर्ने बताए ।