
पोखरा-सलोनी तामाङ र सर्वाणी श्रेष्ठ बीच आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिप अन्तर्गत दोस्रो सर्किटको फाईलनमा भिड्ने छन् । शुक्रबार उनीहरुले आफना प्रतिस्पर्धीलाई पन्छाउँदै च्याम्पियन बन्ने धुनमा रहदाँ पुरुष तर्फ भने स्वीडेनका एमिलियो जेलकोस्कीले हंगेरीका लोरेन्ट ग्योरीसँग प्रतिस्पर्धा गर्ने छन् ।

शुक्रबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित महिला तर्फको पहिलो सेमिफाईनलमा शीर्ष बरियताकी अभिलाषा विष्ट ५-० पछि परेको अवस्थामा खेल त्याग्न पुगिन् । विष्टले सर्वाणी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै थिईन् ।

त्यस्तै दोस्रो सेमिफाईनलमा सलोनीले भारतीय खेलाडी रिया दुगडलाई सोझो सेटमा पराजित गर्दै फाईनल सुरक्षित गरिन् । रियालाई ६-३, ६-२ को सेटले पराजित गर्दै उपाधि निकट पुगिन् । उनी पहिलो सर्किटको च्याम्पियन समेत हुन ।

पुरुष तर्फको पहिलो सेमिफाईनलमा जेलकोस्कीले अमेरिकाका सिदार्थ लामालाई ६-२, ६-४ को सोझो सेटमा पराजित गरेका थिए । त्यस्तै हंगेरीका ग्योरीले अमेरिकाकै मिथ्री बारोटलाई ६-३, ६५-३ को सेटमा पराजित गर्दै फाईनल सुरक्षित गरेका थिए ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतिस्पर्धामा ११ देशका ८९ खेलाडीले दोस्रो सर्किटमा सहभागिता जनाएका थिए । फाईनल शनिबार हुने छ ।




पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…